काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस देखिएको हो ।
आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजेको मापनमा देखिनेछ । त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा अरू थोरै घट्ने सम्भावना हुन्छ । यद्यपि कहिलेकाहीँ त्यही कायम पनि रहन्छ ।
हिजो शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस थियो । तथापि आजको न्यूनतम तापक्रम काठमाडौंका लागि यस वर्ष अहिलेसम्मकै कम भने होइन । यसअघि अक्टोबर २८ तारिखमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियसमा झरेको थियो । हाल काठमाडौं उपत्यकासहित देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ ।










प्रतिक्रिया