काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा रहेको चक्रवात थप शक्तिशाली बन्दै गएको र यसले नेपालमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
चक्रवात हिजो भारतको भूभागमा प्रवेश गरेको यसको प्रभाव कात्तिक १२ गते बिहीबार रातिबाट नेपालमा सुरु हुने देखिएको छ।
विशेषगरी भोलि कात्तिक १३ गते शुक्रबार र कात्तिक १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुनेछन् भने यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ।









प्रतिक्रिया