लुम्बिनी बचाउ महाअभियानका संयाेजक खाँ पक्राउ

रूपन्देही । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ परेका छन् ।

प्रहरीले मध्यराति घरमा सुतिरहेको अवस्थामा लुम्बिनी बिकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङको बिरोध गरेको भन्दै पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।

आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणवद्व आन्दोलन गरिरहेको छ ।

मध्यरातमा संयोजकमाथि गरिएको धरपकडप्रति महाअभियानले सरकारको कदमको कडा शब्दमा भ्रत्सना गर्दै निःशर्त रिहाइको माग गरेको छ।