एनपिएल खेलकाे उद्घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं । आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा आज ५ बजेबाट एनपीएलका खेलहरु सुरु हुँदैछन् ।

आजै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना पनि दिएका थियाे ।

करिब एक महिनासम्म चल्ने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले व्यापक परिवर्तन ल्याएको छ ।

पहिलो पटक डीआरएस प्रणाली लागू गरिएको छ । यस्तै, विदेशी स्टार खेलाडीहरूको आगमनले प्रतियोगितालाई थप स्तरीय बनाएको छ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् ।