काठमाडौँ । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटर बोट दुर्घटनामा परेको हो । सो घटनामा तीन जना बेपत्ता भएका छन् । उक्त मोटर बोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट छ र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।










प्रतिक्रिया