बिपी राजमार्ग सञ्चालनमा

सिन्धुली । आज कात्तिक २ गते बिपी राजमार्ग बिहानैबाट सञ्चालनमा छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीले आज राजमार्गमा सवारी चाप नहुने जनाएका छन् ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने मानिस कम भएसँगै बिपी राजमार्ग सहज भएको ट्राफिकले जनाएको छ ।