साइबर ब्युराेमा तीन घण्टा छलफल गरेर छुटे पत्रकार श्रेष्ठ

काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र गरेर छुटेका छन् ।

श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट नियन्त्रणमा लिएको थियो।

कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थियाे ।

ब्यूरोस्रोतका अनुसार दुईजनाबीच तीन घण्टा छलफल भएको छ । छलफलपछि मिलापत्र कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको हो ।