पूर्वप्रधानन्यायाधीश राणा पक्राउ

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ हिजाे राति गरेको हो।

कार्यालयका एक प्रहरी कर्मचारीले उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी दिए। माथिकाे आदेश भन्दै प्रहरीले पक्राउ गरेकाे हाे ।

अहिले उनलाई  टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।