अभिनेता जेबी डिसीलाई विशेष कलाकार सम्मान २०८३ प्रदान

काठमाडौं । अभिनेता जुद्धबहादु डि.सी.(जे.बी)डि.सी.लाई विशेष कलाकार सम्मान २०८३ बाट सम्मान गरेको छ । नेपाली रङ्गमञ्च, रेडियो नाटक, टेलिचलचित्र तथा चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनय र निर्देशनमार्फत योगदान पुर्‍याउँदै आएबापत उनलाई सम्मान गरिएको हो ।
एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम-२०८३’ मा उनलाई उक्त सम्मान गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका-१२ स्थायी घर भएका डी.सी. वि.सं. २०५४ सालदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहेका छन् । उनले रङ्गमञ्च, रेडियो नाटक, टेलिचलचित्र, लघु चलचित्र तथा नेपाली चलचित्रमा प्रभावशाली अभिनय गर्नुका साथै निर्देशकका रूपमा आफूलाई स्थापित गराउँदैछन् ।

हाल काठमाडौंमा रहेर नेपाली रङ्गमञ्चको उन्नयनमा सक्रिय डी.सी.लाई प्रदान गरिएको यो सम्मानले उनको सिर्जनात्मक यात्रालाई थप ऊर्जा, प्रेरणा र उत्साह प्रदान गर्ने एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले विश्वास व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि नेपाली कला क्षेत्रको विकासमा उनको निरन्तर योगदान रहने अपेक्षा गरिएको छ ।

उक्त सम्मान प्राप्त ग्रहण गरेपछि डिसीले आफुलाई कलाक्षेत्रमा थप सिर्जनात्मक भएर लाग्ने हौसला तथा प्रेरणा प्राप्त भएको बताए ।