काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । मन्त्रिपरिपद्को सातौं वरीयतामा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो स्थानमा उकालिएको छ ।
यसअघि तेस्रो वरीयतामा परराष्ट्र मन्त्री शिशिर खनाल थिए । अब उनी चौंथोमा झरेका छन् ।
त्यस्तै, पहिले सोविताभन्दा माथि रहेका उर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता पनि एक–एक स्थान तल झारिएको छ । बाँकी मन्त्रीहरुको मर्यादाक्रम परिवर्तन भएको छैन ।
प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीको मर्यादाक्रम हेरफेर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।











प्रतिक्रिया