सिरहामा गोली लागेर एक युवकको मृत्यु

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । गोली लागी ज्यान गुमाउने तुलसीपुरका गणेश यादव रहेका छन् ।

कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

सिरहाका सहायक सीडीओ चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ । अहिले यस क्षेत्रमा सेना परिचालन गरिएको छ ।