देवागञ्जमा गोली लागि घाइते भएका अर्का युवकको पनि मृत्यु

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ ।

विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मेहतालाई १:२४ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।