काठमाडौं । अभिनेता नाजिर हुसेन दिल्ली विमानस्थलमा आफूमाथि केरकार भएको बताएका छन् । उनले आफ्नो जातकै कारण केरकारमा परेको खुलाएका हुन्।
भारतस्थित नेपाली दूतावासले आयोजना गरेको ‘गुन्यो’ चलचित्रको विशेष प्रदर्शनमा सहभागी भएर फर्किदै गर्दा आफूलाई विमानस्थलको विशेषकक्षमा लगेर अनावश्यक सोधपुछ गरिएको नाजिरको भनाई छ । ‘निर्देशक समुन्द्र भट्ट र दाइ जनकदिप पराजुलीलाई केही पनि सोधपुछ गरेन’, उनले भनेका छन्, ‘तर मलाई विशेष कक्षमा लगेर अनावश्यक प्रश्न सोध्यो ।’
विमानस्थलका सुरक्षाकर्मीले ‘नेपाल किन जान लागेको रु कति पैसा छ रु’ लगायतका प्रश्न सोधेको नाजिरले अवगत गराएका छन् । ‘यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु, अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो,यदि होइन भने मैले कारण थाहा पाउनुपर्छ’, उनले थपेका छन् । आफ्नै देश फर्किदा पनि भारतीय प्रहरीले दिएको दुस्ख स्वभाविक नरहेको नाजिरको अनुभव छ ।










प्रतिक्रिया