रुकुमपूर्व केन्द्रविन्दु भएर ५ म्याग्निच्यटुको भूकम्प

काठमाडौं । रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

अपरान्ह ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।