विराटनगर । कोशीमा पनि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा देखिएको असहजताका कारण कांग्रेसले सातै प्रदेशका सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएसँगै कोशीमा पनि कांग्रेसले छाेड्ने भएको हो ।
कांग्रेसका ४ मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् । यस विषयमा औपचारिक निर्णयका लागि कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
यहाँ कांग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग कृषि तथा सहकारी र पर्यटन वन तथा वातावरणमन्त्री छन् ।
कोशी प्रदेशमा कांग्रसभित्र संस्थापन र इतर पक्षबिच विगतमा विभिन्न मुद्दामा मतभेद रहे पनि अहिले हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिने विषयमा दुवै पक्ष एकमत देखिएका छन् ।










प्रतिक्रिया