काठमाडौं । गृह मन्त्रालय छिर्न नपाएपछि बिनु यादव र निहारिका राजपुत सिंहदरबार गेट अगाडी रोडमै सुतेका छन् ।
‘कुमारी आमा’ भनेर परिचित बनेकी निहारिका राजपुत र ‘घरायशी हिंसा पीडित’ बिनु यादव आज गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्ने योजनासहित गएका थिए । निहारिकाको साथमा नाबालक छोरा पनि छन् । उनीहरुलाई रास्वपाकी एक महिला सांसदले सिंहदरबारको पास मिलाइदिएकी थिइन् ।
पास लिएर सिंहदरबार छिर्न खोज्दा प्रहरीले माथिको आदेश भन्दै रोकेको निहारिकाले बताइन् । उनले भनिन्, ‘हाम्रो लागि यो सरकार होइन ? कोही पीडितलाई गृहमन्त्रीले आफैँ खोजी खोजी भेट्ने, हामीलाई चाहीँ सिंहदरबारभित्र छिर्न पनि नदिने ? हामी यहीँ धर्ना बस्दै छौँ ।’
प्रहरीले भित्र जान नमिल्ने बताएपछि बिनु सडकमै सुतेको थिइन् । निहारिका आफ्नो सानो बच्चा च्यापेर पानीमा रुझ्दै बसेकी थिईन । उनीहरुलाइृ प्रहरीले सडक किनारमा ल्याएर राखेका थिए ।










प्रतिक्रिया