काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनका नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने चेतावनी दिएका छन्।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लामो राजनीतिक संघर्ष र सहमतिबाट बनेको संविधानमाथि पर्याप्त संवादबिनै संशोधनको प्रक्रिया अघि बढाउनु उचित नहुने बताए।
आङदेम्बेले संविधान संशोधनजस्तो गम्भीर विषयमा अहिलेसम्म पर्याप्त र घनिभूत संवाद हुन नसकेको उल्लेख गर्दै सङ्घीयता, राज्यको संरचना र समावेशी प्रतिनिधित्वसँग सम्बन्धित विषयमा छेडखानी भइरहेको टिप्पणी गरे।
उनले संविधानमा समेटिएका हिमाल, पहाड, तराई र मधेशका संवेदनशील पक्षलाई बेवास्ता गर्न नहुने बताउँदै सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदल अपरिपक्व रहेको आरोपसमेत लगाए।










प्रतिक्रिया