कटारी । युवा पत्रकार सन्ताेष बराइलीले उदयपुरको कटारीमा जनगुनासो सुन्ने अभियान सुरू गरेकाछन् ।
केही न केही कुरामा आफूलाई अपडेट गराईराख्ने बानी परेका युवा पत्रकार बराईलीले यसपटक टिप्परबाट पीडित जनताहरुकाे गुनासाे सुन्ने काम गरेका हुन् ।
उनले आफूले जनगुनासाे सुन्ने क्रममा कटारी – मिर्चैया सडक खण्ड आसपासका स्थानियहरूले ढुङ्गा ढुवानि गर्ने टिपरका कारण सास्ती खेप्नुपरेको गुनासाे गरेकाे बताएका छन् ।
गिद्दबरकी स्थानीय वृद्वा चन्द्रप्रसाद कोइरालाले सिमेण्ट फ्याक्ट्रीहरूका ढुङ्गा बोक्ने टिपरहरू राती ८ बजेदेखी बिहान ५ बजेसम्म सयौँको सङ्ख्यामा चल्दै आएको बताए ।
कोइरालाले सडक क्षमताभन्दा बढी ढुङ्गा बोकेका टिपरहरू अनियन्त्रित रूपमा चल्दा घरै कम्पन हुने गरेको जानकारी दिदै भने – ‘ टिपरको आवाजले घरमात्रै होईन , मुटु नै हल्लिन्छ । बुढाबुढी/केटाकेटी रातभरी सुत्न सक्दैनन् टिपरको आवाजले । टिपरचल्न थालेपछि बाटो हिँड्नु भनेको काल निम्त्याउनु हो । कुदिरहेका टिपरहरूबाट ग्वारग्वारती ढुङ्गा झर्नेगर्छ । त्यो ढुङ्गा लाग्यो भने ठाउँका ठाउँ मरिन्छ । टिपरहरू अन्धाधुन्द चलाउँदा बाटो क्षतबिक्षत हुँदैछन् । थोरैहरू , प्रत्येक रात लगभग हजारभन्दा बढि टिपर लाम लागेर चल्छन् । नचलाओ भनेर बिरोध गर्दा मेयरसँग सहमती गरेर चलाएको हो , तपाईँलाई के मतलब भन्छन् । सिमेण्ट उधोगहरूले बैकल्पिक बाटोको ब्यवस्था गर्नुपर्छ । अब हामी टिपर चलाउन रोक्छौँ । अति गरे त टिपरहरूले । ‘
स्थानिय गृहणी बाला अधिकारीले पनि कोइरालाले सुनाएजस्तै गुनासो सुनाईन् । रातभरी चल्ने टिपरको कर्कस आवाजले बालबालिकाको मस्तिष्कमा गहिरो असर परिरहेको बताउँदै भनिन् – ‘ टिपरको आवाजले सुतिरहेका केटाकेटी अत्यासिन्छन् । उठेर कराउँछन् , चिच्याउँछन् । टिपर आतङ्कले देबिधाप देखी बेलसोत सम्मका स्थानियको जनजिवन प्रत्यक्ष प्रभाबित बनेको छ । यसतर्फ स्थानीय जनप्रतिनिधी किन मौन छन् कुन्नि ? अब आन्दोलनको बिकल्प छैन । ‘
अर्की स्थानिय वृध्दा छायाँदेबी अधिकारीले रातभर चल्ने टिपरका कारण आफू र आफ्नो बिरामी श्रीमान सुत्न नसकेको बताउँदै भनिन् – ‘ राति सुत्न नसकेपछी दिउँसो सुत्ने गरेका छौँ । ‘ टिपरकै आवाजले गाउँका धेरैलाई मुटुको रोग देखा पर्नथालेको पनि अधिकारीले बताईन् ।
पत्रकार समेत रहेका बराइलीले कटारी क्षेत्रमा जनचेतनामुलक नाटकहरू प्रदर्शन गरेर समाज परिवर्तको वकालत गर्ने गरेका थिए ।
काठमाडौं बस्दैआएका बराइलीले कटारी क्षेत्र बिकासमा पछाडी परेको र कटारी क्षेत्रको समग्र बिकासका लागि आवश्यक पूर्वाधार र बजेट ब्यवस्थापनका लागि राज्यलाई दबाब सिर्जना गर्ने अभियान सुरू गरेका हुन् ।
‘ पहिला यहाँका जनताका तत्कालका समस्या के-के रहेछन् भनेर अध्ययन/अनुशन्धान थालेको छु ‘ कटारीमा भेटिएका बराइलीले भने – ‘ ताराघारीदेखी बेलसोतसम्मका स्थानीयले रातरातभर हजारभन्दा बढिको सँख्यामा चल्ने टिपरले टिपरको आवाजले सुत्न नपाएको , टिपरको आवाजले बुढाबुढी र बालबालिकाहरूको स्वास्थ्यमा गहिरो असर पारेको देखियो । यसको समाधानका लागि पहल गरिने छ । ‘
बराइलीले कटारीका समस्याहरूबारे हालै सरूवा भएर आएकी कटारीस्थित इलाका प्रशासन कार्यलय प्रमुख उपसचिव कोपिला राइसँग भेटघाट गरेकाछन् ।
राइसँगको छलफलमा स्थानीयका दैनिक जनजिविकामा देखापरेका समस्या समाधानमा सामूहिक प्रयासका लागि वातावरण सिर्जना गर्नेबारे छलफल भएको थियो ।
मिर्चैया – कटारी सडक खण्डमा चल्ने टिपरहरूले क्षमताभन्दा बढि ढुङ्गा ढुवानी गर्दा सडक भत्किनथालेको , टिपरको ध्वनी प्रदुषणले बृद्वबृद्वा र बालबालिकाको स्वास्थ्यमा असर परेको लगायतका समस्या समाधानका लागि तत्काल पहल गर्न आबश्यक रहेको बताउँदै बराइलीले भने – ‘ सिमेण्ट फ्याक्ट्रिहरूको लापरबाही हो कि ढुवानीकर्ताको लापरबाही हो ? पहिचान गरेर समाधानका लागि प्रधानमन्त्रिसँग भेटेर पहल अगाडी बढाउँछु ।
जनताको स्वास्थ्यसँग खेलबाड गर्न पाईँदैन । क्षमताभन्दा बढि माल बोकेर सडक ध्वस्त बनाउन पाईँदैन । जनताको करबाट बनेको सडक मनपरि प्रयोग गर्ने अधिकार ब्यापारीहरूलाई छैन । ‘
यस सडकखण्डमा शौर्य , मारूती , कसमस लगायत सिमेण्ट उधोगका ढुङ्गा ढुवानी हुँदै आएकाछन् ।
ढुङ्गा ढुवानीकर्ताहरूले सडकभन्दा निकै बढि ढुङ्गा ढुवानी गर्दैगर्दा यस सडक खण्डको चुरेक्षेत्रको सडक सँधै जिर्ण हुने गरेको छ ।
भनिन्छ १० टन क्षमताको यस सडकमा टिपरहरूले ३६ टनसम्म ढुङ्गा ढुवानी गरिरहँदा सम्बन्धित निकायहरू भने मौन छन् । यसतर्फ सराेकारवालाहरुकाे ध्यान जानू जरुरी छ ।
प्रतिक्रिया