काठमाडौं । रोशी खोलामा आएको बाढीले डाईभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । आज अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गमा सवारी होल्ड गरिएको हो ।
बीपी राजमार्गको चौकीडाडा र घुमाउने खण्डमा क्षति पुगेकोले तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको काभ्रेका प्रहरी प्रमुख रविन कार्कीले जानकारी दिए ।
उनका अनुसार काठमाडौंतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका सवारीसाधनलाई काभ्रेपलाञ्चोक तर्फ काभ्रेभञ्ज्याङ र मंगलटारमा तथा सिन्धुली तर्फ नेपालथोकमा होल्ड गरिएको छ । सडकको अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन नगरिने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया