पत्रकार महासंघ नवलपरासी पश्चिम शाखा अध्यक्ष पराजुलीको निधन

रूपन्देही । नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम् शाखाका अध्यक्ष केशव पराजुलीको निधन भएको छ । उनको परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा निधन भएको पत्रकार महासंघ नवलपरासीका काबा अध्यक्ष विकास अधिकारीले जान कारी दिए ।

पराजुली फोक्सोको क्यान्सरबाट ग्रसित थिए । लामो समयदेखि उपचाररत पराजुलीको उपचार सम्भव नभएपछि ५७ वर्षको उमेरमा निधन भएको हो । पराजुली दोस्रो पटक महासंघ नवलपरासीको अध्यक्ष भएका हुन् ।

तीन दशकयता पत्रकारितामा सक्रिय जीवन ब्यतित गरेका पराजुलीको निधनमा महासंघ जिल्ला शाखाले गहिरो दुख व्यक्त गरेको छ ।

मिजासिलो र सरल स्वभावका पराजुलीको निधनले सिङ्गो पत्रकारिता क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । पराजुलीका श्रीमती र दुई छोरी छ्न् ।