काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को दोस्रो चरणको मतदाना हुने भएको छ । त्यसका लागि अपरान्ह चार बजेबाट मतदान हुने पार्टी प्रवक्ता मनिष झाले जानरकाी दिए ।
पार्टी सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह सर्वसम्मत भइसकेका छन्।
दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री पदको लागि निर्वाचन हुने प्रवक्ता झाले बताए।
१९ सदस्यीय पदाधिकारी रहेको रास्वपामा ३ उपसभापतिमध्ये १ जना मनोनीत गर्ने व्यवस्था छ । यस्तै, २ महामन्त्रीमध्ये १ जना, ५ सहमहामन्त्रीमध्ये २ जना मनोनीत हुने व्यवस्था रास्वपाको विधानले गरेको छ।
पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा २९५९ मत खसेको थियो। ४३११ प्रतिनिधिमध्ये रहेको रास्वपामा १३५२ जना मतदानमा अनुपस्थित भए ।










प्रतिक्रिया