विष्णु पाैडेललाई सातदिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान गर्न अदालतले सात दिनकाे म्याद दिएकाे छ । आज विशेष अदालतमा भएकाे सुनवाइपश्चात अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे ।

सम्पत्ति शुद्धीकरण विभागले २० दिन थुनामा राख्न अनुमति मागेकाेमा अदालतले १० दिन मात्र दियाे । पौडेललाई सम्पत्ति सुद्धिकरण मुद्दाको अनुसन्धानका लागि विभागले जरुरी पक्राउ पूर्जि दिएर हिजो पक्राउ गरेको थियो । उक्त पक्राउ पूर्जि अदालतले स्वीकृत गरेको छ ।

नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो । आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ ।