काठमाडौं । रास्वपाको जारी महाधिवेशनमा बन्द सत्रको नयाँ कार्यतालिकाअनुसार बन्दसत्र आज दिउँसो २ बजेबाट सुरु हुने भएकाे छ ।
हिजो बिहान सुरू गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधि संख्याबारे निर्णय हुन नसकेपछि ढिलाइ भएको थियो । बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ।
बेलुका ६:४५ बजे बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।








प्रतिक्रिया