चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आजलाई स्थगित भएकाे छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गरिएकाे हाे ।
रास्वपाको निर्वाचन आयोगका सदस्य गाेकुल सापकाेटाले यसकाे पुष्टि गरेका छन् । आयाेगकाे वैठक बसेर बन्दसत्र स्थगनकाे औपचारिक सूचना निकाल्ने उनले नेपाल प्रेसलाई बताए ।
स्रोतका अनुसार आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्दसत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको स्रोतले बताएको छ ।









प्रतिक्रिया