भौतिक मन्त्रीले दिए ठिकेदारलाई खुट्टा भाचिदिने चेतावनी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले काममा लापरबाही वा अनावश्यक ढिलासुस्ती गर्ने ठेकेदारलाई खुट्टा भाँचिदिने धम्की दिएका छन् ।

निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले काममा लापरबाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।

अनुगमनको क्रममा मन्त्री लम्सालले ‘काम नगरे खुट्टा भाँचिदिने’ चेतावनी दिए । उनले भने, ‘यो बिजुलीको पोलको कन्ट्र्याक्‍ट पेपर र कन्ट्र्याक्‍टर कहाँ छ, खोजेर ल्याउनुस् । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन । यहाँको पब्लिकले धेरै दुस् ख पाए ।’

मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या तथा अवरोध तत्काल समाधान गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।