रोल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु

काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा दुईजना पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप व्याङखोलास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।