सभामुखले यस्ताे भनेपछि हर्क जुरुक्क उठेर हिडे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेर हिँडेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद बैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ आफ्नो कालो झोला भिरेर बैठकबाट बाहिरिएका हुन् ।

साम्पाङले आज पनि बैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए । उनले सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए ।

जवाफमा सभामुख अर्यालले सभामुखले के विषयमा रुलिङ गर्ने र नगर्ने भनेर सिकाउनु नपर्ने टर्रो जवाफ दिए । त्यसपछि साम्पाङ रुष्ट भएर हिँडे ।