फलामकाे र्याकले चेपिएर घाइते भएका बालककाे मृत्यु

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर घाइते भएका चार वर्षीय बालकको मृत्यु भएको छ ।

जेठ ७ गते बिहीबार विद्यालयमा खेल्ने क्रममा सिमरगाउँका चार वर्षीय बालक एरोन चेपाङ चेपिएर गम्भीर घाइते भएका थिए । चितवनको भरतपुरमा उपचारक्रममा चेपाङको गए राति मृत्यु भएको हो ।

र्‍याकले थिचेका कारण बालकको आन्द्राका साथै किड्नी, फोक्सो, र मुटु लगायतका संवेदनशील अंगमा संक्रमण फैलिएकाले अवस्था जटिल बनेर उपचार असफल भएको हो ।

बालकका बुबा रामकुमार प्रजाले विद्यालय व्यवस्थापन समिति र त्यहाँका कर्मचारीहरूको गैरजिम्मेवारपूर्ण कार्यले छोराको ज्यान गएको बताए । बालकका आमा वैदेशिक रोजगारीक्रममा विदेशमा रहेको र छोराको मृत्युको खबरले आमा पनि बेहोस् भएर अस्पतालमा भर्ना गरिएको परिवारजनले बताएका छन् ।