दुर्गा प्रसाईंलाई छाड्न अदालतकाे आदेश

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ भियानका संयोजक दुर्गा प्रसाईँलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

आज न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । प्रसाईँविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । अदालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको थियो । 

प्रसाईँले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको थिए । सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईँले अश्लील टिप्पणी गरेको आरोप उनीमाथि छ ।