काठमाडौ । गृह मन्त्रालयले चितवन जिल्ला प्रमुख अधिकारीमा प्रकाश पौडेललाई जिम्मा दिएको छ । यस्तै अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी वरिष्ठ सहण्ज्ञछण्सचिव गोविन्द रिजाललाई दिएको छ ।
अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएपछि रिक्त पदमा मन्त्रालयकै वरिष्ठ सहसचिव रिजाललाई पठाइएको हो ।
रिजालले यस अघि काठमाडौं, मकवानपुर, दाङलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् । गृह मन्त्रालयले चितवनको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा सरुवा गर्दै चितवनको प्रमुख जिल्ला अधिकारीमा पौडेललाई पठाइएको हो ।
प्रतिक्रिया