सचिवालय बैठकमा अल्पमतमा परेपछि अध्यक्ष ओलीले भने- भाेली म बाेल्छु

काठमाडौ्ँ । सचिवालयमा एकपछि अर्का पदाधिकारी आफूविरुद्ध खुलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको दोहोर्‍याएका छन् ।

हिजो आफ्नै भनिएका नेताहरू मार्ग प्रशस्त गरेर जानुपर्ने पक्षमा उभिएपछि ओलीले आज विरोधीसँग मिलेर पार्टी सक्न खोजिएको बताए । उनले आफ्ना कुरा भोलि सम्बोधनमा राख्ने बताएका छन् ।

एक नेताले भने, “उहाँले बीचबीचमा बोल्नुभयो । कडै छ कुरा । तपाईँहरूको कुरा सुनिरहेको छु । भोलि म बोल्छु भन्नुभएको छ ।’

हिजोदेखि चलेको बैठकमा बहुमत पदाधिकारीले एमालेलाई कमजोर अवस्थामा पुर्‍याएको जिम्मेवारीसहित राजीनामा दिएर नेतृत्व हस्तान्तरणको बाटोमा जान सुझाएका छन् । हिजो बैठकमा चर्काचर्कीसमेत भएको थियो  ।

नेताहरूको कार्यविभाजन प्रस्तावको मूल एजेण्डा राखिएको सचिवालय बैठक पार्टी पुनर्गठनमा केन्द्रित भएको छ ।