भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्नेछ । हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियाे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः३० बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल बताईएकाे छ ।
पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए ।
आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ । यसपछि नेताहरूको कार्यविभाजनको विषयमा आज छलफल हुने बताइएको छ । बैठक गुण्डुस्थित अध्यक्ष निवासमै बस्नेछ ।








प्रतिक्रिया