काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दैछ ।
बोर्ड सदस्यहरूलाई नतिजा सार्वजनिक गर्नुपूर्व डेमो प्रदर्शन गरिसकिएको बताइएको छ । डेमो सफल भएसँगै केही बेरमा रिजल्ट सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको छ ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’ मा गएर एसईईको नतिजा हेर्न सकिने जनाएको छ ।
यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी भएका थिए ।
विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा रिजल्ट आउने परम्परा यो वर्षबाट तोडिएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ ।











प्रतिक्रिया