पोखरा । यतिखेर पोखरा रास्वपा कार्यकर्ताहरुले पोखरालाई आन्दोलनको केन्द्र बनाउन थालेका छन् उनीहरुले पोखरा केन्द्रित आन्दोलनलाई बढावा दिराखेकै बेला आन्दोलनकै क्रममा नेता ताथा कार्यकर्ताहरुको चुम्माचाटीका कारण अहिले बद्नाम समेत बनन पुगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथि ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले पाएको म्याद आज सकिँदै गर्दा त्यहाँ आन्दोलनका लागि उपस्थित नेताकार्यकर्ताको हर्कतको कारण बद्नामी समेत खेप्न परिरहेको हो । त्यसैकारण पार्टीले आन्दोलनमा एकन्त्रित हुन निर्देशन नै दिनुपरेका छ ।
लामिछानेको रिहाइकोआन्दोलनका लागि पोखरा पुगेका नेता तथा कार्यकर्ताले आन्दोलनमा भन्दा फोटो सेसन, घुमघाम र सांसदहरूले एकअर्काबीच चुम्मामुम्बी गर्न थालेपछि रास्वपाले आन्दोलनमा केन्द्रित हुन निर्देशन दिएको हो।
गत शुक्रबार पक्राउ परेका रविलाई इतबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो। तर, लामिछाने शुक्रबारै पक्राउ परेकाले आज म्याद सकिन लागेको हो।
रवि निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने माग गर्दै रास्वपा समर्थकहरूको आन्दोलन भने आज पनि जारी रहनेछ। लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरका कार्यकर्तालाई पोखरा झिकाएको थियो। शनिबारदेखि नै उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्।
लामिछानेलाई म्याद थपका लागि भोलि अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। भोलि रविलाई अदालतमा पेस गर्ने भएपछि रास्वपा झनै जोडका साथ आन्दोलन गर्ने तयारीमा छ।
प्रतिक्रिया