काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद तथा नेताहरूका लागि प्रशिक्षण कार्यक्रम जारी छ। दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा भइरहेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा सक्षम सांसद, सशक्त संसद्, संसदीय अभ्यास तथा नेतृत्व विकास’ विषयमा प्रशिक्षण सञ्चालन गरिएको हो। कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गरेका छन्।
प्रशिक्षणको समापन समारोहमा सभापति रवि लामिछानेले मन्तव्य दिने कार्यक्रम तय गरिएको छ। १८२ सिट रहेको रास्वपाले यसअघि पनि आफ्ना सांसदहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो।










प्रतिक्रिया