काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ। सभापति रवि लामिछानेको निर्देशनमा भोलि बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठक दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा सचिवालय सदस्यहरूलाई अनिवार्यउपस्थितिको लागि निर्देशन दिइएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। सरकारले अघि बढाएको अध्यादेश र सुकुम्वासी बस्तीमा डोजर चलाएपछि चर्को आलोचना भइरहेको बेलामा सभापति लामिछानेले पार्टी बैठक डाकेका हुन्। सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिईएकाे छ ।










प्रतिक्रिया