सुकुम्बासी बस्ती भत्काउन शुरु

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु भएकाे छ । त्यहाँ अहिले सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ ।

स्थानीय प्रशासन र काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि नै सार्वजनिक सूचना जारी गर्दै त्यहाँका घर–टहरा खालि गर्न भनेको थियो ।

सूचनाअनुसार ७० प्रतिशत बासिन्दाले शुक्रबार साँझसम्म घर–टहरा खालि गरिसकेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले सुरक्षामा कुनै किसिमको समस्या आएमा प्रहरी बन्दोबस्तीका साथ परिचालित भएको बताए ।