रास्वपाकाे जिल्ला अधिवेशन १५ गतेबाट हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  ले आगामी वैशाख १५ गतेदेखि देशभरकाे जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्ताे निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता मनिष झाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गरिने जानकारी दिए । उनका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको हो ।

यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक भोलि (सोमबार) बस्ने भएको छ । उक्त बैठकमा सचिवालय बैठकले तय गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ । रास्वपाले पछिल्लो समय संगठनात्मक संरचना मजबुत बनाउने अभियानलाई तीव्रता दिँदै आएको छ ।