विराटनगर । सुनसरीको बर्जुबाट गैँडाको खागसहित ४ जनालाई पक्राउ गरेकाे छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
झापाबाट गैँडाको खाग लिएर आइरहेको सूचनाका अधारमा बर्जु-६ ताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले बताए ।
पक्राउ पर्नेमा ३ जना बर्जुका स्थानीय र १ जना मोरङका छन् । नाम भने गोप्य राखिएको छ । यसको सञ्जाल ठूलो भएको र अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरेको उनले बताए ।
पक्राउ पर्नेहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरिएको छ ।









प्रतिक्रिया