रास्वपाले ताेक्याे सांसद र मन्त्रीकाे मासिक लेवी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसद र मन्त्रीहरूको मासिक लेवी तोकेको छ। आज बसेको संसदीय दलको बैठकले पार्टीको लेवी सम्बन्धी निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

उनका अनुसार सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ । मन्त्रीहरूको स्वकीय र सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय भएको बुर्लाकाेटीले बताए ।