पाल्पा । पाल्पाको अरुणखोलामा बारुद प्रयोग गरी माछा मार्ने क्रममा दुई जना घाइते भएका छन्।
निस्दी गाउँपालिका–५ का ३८ वर्षीय खुमबहादुर सुनारी र ३५ वर्षीय रोमनसिंह खरु मगर घाइते भएका हुन्। सुनारीको अवस्था गम्भीर रहेको छ भने खरु मगरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई उपचारका लागि रामपुर अस्पताल लगिएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।










प्रतिक्रिया