प्रधानमन्त्री बालेनलाई गाली गरेर भिडियाे बनाउने युट्युबर पक्राउ

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेर भिडियाे बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । Hades नामक युट्युव च्यानलमा प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको भन्दै पाँचथरका रोशन पोखरेल पक्राउ परेका हुन् ।

फाल्गुनन्द गाँउपालिका-७ घर भई सदरमुकाम फिदिम बस्दै आएका रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अधिकारीले रोशनलाई पक्राउन गरेर अनुसन्धान गरिरहेको बताएको छ ।