संघीय संसदकाे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदै

काठमाडौं । संघीय संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् ।

फागुन २१ बाट निर्वाचित प्रतिनिधिसभाको यही चैत १९ बाट अधिवेशन सुरू भएको थियो । अब सरकार बजेट अधिवेशनको तयारीमा लाग्नेछ ।