काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्याएर ठेक्का विवरण हेरफेर गर्ने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको छ ।
कार्यालयको इजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअगाडि आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने काममा संलग्न भएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्कर राज अर्याल, सागर कटुवाद्य र जीवन कुमार दास रहेका छन् ।
उनीहरुलाई प्रहरीले विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया