काठमाडौं । सरकारले डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता निर्णय गरेको हो ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पालामा सविता भण्डारी महान्यायाधिवक्ता थिइन् ।










प्रतिक्रिया