अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा,कार्यालय समय ९ देखि ५ बजे सम्म

काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थ आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने उनले बताए ।