राष्ट्रियसभाकाे बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज १२: १५  बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दै छ ।

आजको बैठकमा अध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम हेरफेर गर्ने र अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।आज राष्ट्रिय

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।