एमाले राष्ट्रियसभा संसदीय दलकाे नेतामा दंगाल

काठमाडौँ । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् ।

संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा डा.दंगाल सर्वसम्मतरुपमा चयन भएका हुन् ।

उनी हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् । उनी नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् ।