काठमाडौं । अध्यागमन विभागले ‘बिचौलिया’ दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकाले यस्तो निर्णय गरिएको बताईएकाे छ।
स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाउँदै भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो।
उनीसँग सम्बन्धित अनुसन्धानबारे भने सम्बन्धित सरकारी निकायहरूले थप विवरण सार्वजनिक गरेका छैनन्।










प्रतिक्रिया