राज्य हिंसाउन्मुख भएकाे एमालेकाे निष्कर्ष, वार्ताका लागि यी नेतालाई ताेकियाे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले सर्वपक्षीय नागरिक संवादका लागि तीन नेतालाई जिम्मेवारी दिएको छ ।

आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई सर्वपक्षीय नागरिक संवादको जिम्मेवारी दिएको महासचिव शंकर पोखरेलले जानकारी गराए।

एमालेले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भए लगत्तै थालिएको धरपकडले राज्य आतङ्कतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ।

सरकारबाट भएको दमनको प्रतिवाद गर्नको लागि सबै राजनीतिक दल, संघ/संगठन र नागरिक समाजलाई समेत आह्वान गरेका छन् ।